आजदेखि अर्थमन्त्री पौडेल पुन:नियमित काममा

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किनु भएको छ । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उहाँ घाइते हुनुभएको थियो ।कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उहाँ डिस्चार्ज हुनु भएको थियो । त्यसपछि अत्यावश्यक काम भने निवासबाट गर्दै आउनु भएको थियो ।

प्रकाशित समय १४:३६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु