1100×100 Nabil Advert

दुई करोडको लागतमा छात्रावास भवन निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा छात्रावास भवन निर्माणको अगाडि बढाइएको छ । राष्ट्रिय योजना आयोगको रु तीन करोड ३५ लाखमध्ये रु दुई करोड २० लाखको लागतमा घटाघटीमा छात्रावास निर्माण अघि बढाइएको हो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर सिंहका अनुसार निर्माण भैरहेको दुई तले छात्रावासमा १२ कोठा, छ वटा शौचालय र स्नान कक्ष निर्माण हुनेछन् । भवन निर्माण चालु आर्थिक वर्षको असार मसान्तभित्रै पूरा हुने सम्झौता छ । “भवनको फाउन्डेसन निर्माण पूरा हुन लागेको छ”, उहाँले भन्नुभयो, “फाउन्डेसनको कार्य पश्चात टाइविमको काम सुरु हुन्छ ।”

 

विसं २०२२ मा स्थापना भएको विद्यालयमा हाल चार सय २५ विद्यार्थी अध्ययनरत छन । “विद्यालयमा छात्रावास नहुदा आइएससी एजी पढने विद्यार्थीलाई गाह्रो भएको थियो”, विद्यालयका प्रधानाध्यापक पिताम्बर जोशीले भन्नुभयो, “छात्रावास निर्माणले विद्यार्थीलाई डेरा खोजेर बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।”

प्रकाशित समय १५:१४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु