अलिपे प्लसबाट स्मार्ट क्यूआरमा भुक्तानी गर्न स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्थाबीच अलिपे प्लस मार्फत स्मार्ट क्यूआरका मार्चेन्टहरूलाई भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । अलिपे प्लसले चीन, फिलिपिन्स, मलेसिया, साउथ कोरिया, थाइल्याण्ड, इण्डोनेशियालगायतका राष्ट्रका ई–वालेट र मोबाईल बैङ्किङ्ग मार्फत अन्तरदेशीय भुक्तानी सेवा दिदै आएको छ ।
यस सम्झौता पश्चात अलिपेका १।६ बिलियन भन्दा धेरै प्रयोगकर्ताहरूले स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टलाई भुक्तानी गर्न पाउनेछन् । क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ.एम.भि.स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो । देश तथा विदेशका ग्राहकहरूलाई मध्यनजर गरेर गरिएको यस सम्झौता पछि स्मार्ट क्यूआरका मर्चेन्टहरुलाई अन्तराष्ट्रिय भुक्तानी प्राप्त गर्न झनै सहज हुने विश्वास रहेको छ ।
प्रकाशित समय १६:०५ बजे






















