नेपाल पर्वतारोहण संघका स्रोत सदस्यहरुका लागि विशेष बीमा योजना
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल पर्वतारोहण संघ बीच नेपाल पर्वतारोहण संघका आफ्ना स्रोत सदस्य पदयात्रा एजेन्सीहरु मार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरुका लागि न्यूनतम मुल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावलीअनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरुको लागि न्यूनतम १५ लाख बरावरको को दूर्घटना बीमा, ४ लाख बराबरको स्वास्थ उपचार बीमा तथा अमेरिकी डलर १० हजार बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बीमा गरिनुपर्ने व्यवस्थाअनुरुप नेपाल पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचुराहरुको लागि विशेष बीमा योजना ल्याएको हो ।
साविकमा पदयात्रा एजेन्सीहरुले महँगो शुल्कमा बीमालेख खरिद गर्नुपरेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बीमा योजना ल्याएको हो । हालै भएको सम्झौतापत्रमा संघका अध्यक्ष निमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरुका बीच गत माघ १९ गतेका दिन कम्पनीका नायब कार्यकारी अधिकृत वरिष्मा साउद आचार्य र संघका अध्यक्ष निमानुरु शेर्पाले सार्वजनिक गर्नुभयो । यो सिजनका लागि ट्रेकिङ बीमा योजना मार्च ०१, २०२५ देखि लागू हुनेछ ।
प्रकाशित समय २०:२६ बजे






















