1100×100 Nabil Advert

सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण प्रदेश हो : प्रदेश प्रमुख मियाँ

डोटी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिएको प्रदेश रहेको बताउनुभएको छ ।

आज सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा यहाँको सिलगढीमा आयोजित बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले प्रदेशको विकासका लागि तीनै तहका सरकारले समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

सुदूरपश्चिमलाई आफूले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक ऐतिहासिक क्षेत्रको रूपमा चिनेको उल्लेख गर्दै देउडा, छलिया, हुड्केली, फाग, भुवा, चैते, धमारी, होली नाचलगायत विभिन्न संस्कृति सुदूरका चिनारी रहेको भन्नुभयो ।

बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा नेपाल र भारतका २४ बढी साहित्यकारको सहभागिता रहेको थियो ।

प्रकाशित समय २२:५१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु