1100×100 Nabil Advert

नेपाल व्यवसायी संघ कतारद्वारा नेपालमा लगानी भित्र्याउन लगानी प्रवर्द्धन उपसमिति गठन

कतार । कतारमा रहनुभएका व्यवसायीहरुको साझा संस्था नेपाल व्यवसायी संघ कतारले आफ्नो छैठौं वार्षिक साधारण सभा सम्पन्न गर्दै नेपालमा लगानी भित्र्याउने उद्देश्यसहित लगानी प्रवर्द्धन उपसमितिसमेत गठन गरेको छ ।

संघका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा भएको साधारण सभा तथा २०२४–२८ कार्यकालको प्रथम वार्षिक साधारण सभा गर्दै संघले कतारका लागि नवनियुक्त नेपाली राजदूत रमेशचन्द्र पौडेलको औपचारिक स्वागत कार्यक्रमसमेत गरेको छ । नेपालमा लगानी भित्र्याउने प्रतिबद्धतासहित संघले लगानी प्रवर्द्धन उपसमिति गठन गर्दै सम्भावना, अध्ययन र योजना पहिचानपश्चात लगानी गर्ने घोषणा गरेको हो ।

 

लगानी प्रवर्द्धन उपसमितिको संयोजकमा संघका उपाध्यक्ष राज रेग्मी हुनुहुन्छ । उहाँ एनआरएनएनए आइसीसी उपाध्यक्ष समेत हुनुहुन्छ । संघले लगानी प्रवर्द्धन समितिका लागि संघका संरक्षकमा बद्री पाण्डे र अध्यक्ष चम्लागाईं गरी दुई जना सल्लाहकार रहने गरी ९ सदस्यीय समिति बनाएको छ । उक्त समितिको सदस्यहरूमा संघका उपाध्यक्षद्वय नरेन्द्र भाट र रमेश भट्ट, सल्लाहकारद्वय धनबहादुर बलायर र प्रोफेसर रमजान अलि मियाँ, प्रवक्ता दिपजंग शाह ठकुरी, सचिवालय सदस्य क्रान्ति सिंह, सदस्यद्वय अर्पण खड्का र नवीन सत्याल रहनुभएको छ ।

प्रकाशित समय २१:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु