1100×100 Nabil Advert

वार्षिकोत्सवका अवसरमा कृषि विकास बैंकद्वारा फुटसलको आयोजना

काठमाडौं । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा ‘एडीबीएल कर्पोरेट फुटसल, २०८१’ को आयोजना गरिएको छ । सानोठिमीस्थित दिव्यश्वरी प्लानिङमा रहेको रोयल नेपाल फुटसलमा आज भएको मैत्रीपूर्ण फुटसलमा अपरेशन टिम र बिजनेश टिमबीच भएको खेलमा अपरेशन टिमले २-० ले बिजनेश टिमलाई पराजित गर्न सफल भएको छ ।

 

अपरेशन टिमको क्याप्टेन प्रताप सुवेदी थिए भने अन्य खेलाडीहरुमा मिनराज पोखरेल, अजयकुमार रिमाल, हिमलाल पौडेल, मनोजभक्त आचार्य, नारायणप्रसाद आचार्य, निर्मलराज कोइराला, माधव रिजाल, प्रकाश कँडेल, बासु अधिकारी, गिरिराज रेग्मी, अनिलकुमार यादव, जगदिश्वर पन्थी, गिरिधरी पौडेल, रुक्मिनी भट्ट, अनोज बस्नेत, विद्यानन्द चौधरी थिए । टिम बिजनेशको क्याप्टेन बाबुकाजी थापा थिए भने अन्य खेलाडीहरुमा यज्ञप्रकाश न्यौपाने, सुशिल हुमागाई, सरिता दाहाल, चन्द्रसिंह थापा, सुदिपकुमार दाहाल, गोकुल पनेरु, सरोजकुमार साह, रन्जन खनाल, निकु अर्याल, खुर्सेद अहमद, राजेन्द्र रानाभाट, सुन्दरप्रसाद खतिवडा, योगेन्द्रबहादुर सिंह र नविन पाख्रिन रहेका थिए । आजबाट शुरु भएको फुटसल ४ र ५ गते पनि हुनेछ भने ७ गते विजेताहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

 

मैत्रीपूर्ण फुटसलको उद्घाटन गर्दै कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले भने- ‘कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवका अवसरमा हामीले बैंकिङमा काम गर्ने र अरु संघ-संस्था, कम्पनीहरुका काम गर्ने सम्पूर्ण साथीहरुलाई मानसिकरुपले र शारीरिकरुपले सन्तुलित बनाइराख्नका लागि र टीम भावना जगाउनका लागि यो मैत्रीपूर्ण खेल आयोजना गरेका हौं । यस मैत्रीपूर्ण खेलले चाहिं आ-आफ्नो संस्थामा अत्यन्त व्यस्त र स्ट्रेसपूर्ण जुन जीवन छ, त्यसलाई अलिकति रिल्याक्स गर्नको लागि, शारीरिक फिटनेशका लागि सहयोग गर्नेछ भन्ने मैले आशा लिएको छु । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको यस अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । सँगसँगै यो माघीको अवसरमा समेत हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।’

प्रकाशित समय १२:५९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु