1100×100 Nabil Advert

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको वार्षिक साधारणसभा

काठमाडौं । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (आईआईएन) को छैठौं वार्षिक साधारणसभा वार्षिक प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ । वार्षिक साधारणसभा उद्घाटन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमा सम्बन्धी तालिमसँगसँगै बीमा दाबी भुक्तानीमा ढिलाईलगायत नयाँ-नयाँ विषयमा अनुसन्धान समेत गर्न इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाललाई निर्देशन दिनुभयो ।

 

इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका संरक्षक समेत रहनुभएका अध्यक्ष दहालले बीमा क्षेत्रको विकासलाई अझै उचाईमा पु¥याउनका लागि आफ्नो क्षेत्रबाट मिहेनतका साथ अगाडि बढ्न पनि आईआईएनलाई निर्देशन दिनुभयो । अध्यक्ष दहालले भन्नुभयो, ‘बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न तालिम लिएको हुनुपर्ने सम्बन्धमा अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ, समितिबाट सुझाव आएपछि कार्यान्वयनमा ल्याइनेछ, देशभरका सबै बीमा सर्भेयर र बीमा अभिकर्तालाई तालिम दिनका लागि आईआईएनले तालिमलाई विकेन्द्रीकरण गर्दै तीब्रता दिनुपर्छ ।’

 

त्यस अवसरमा अध्यक्ष दाहालले इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको संचालक समितिका पूर्वअध्यक्ष राजुरमण पौडेललाई कदरपत्र प्रदान गर्नुभयो । इस्योरेन्स इन्ष्टिच्युट अफ नेपालको संचालक समितिका अध्यक्ष दीप प्रकाश पाण्डेले आईआईएनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत सुशीलदेव सुवेदीले आईआईएनले बीमा क्षेत्रका विशेषज्ञहरूको सहभागिता तथा अन्तर्राष्ट्रिय सस्थाहरूसँगको सहकार्यमा समेत विभिन्न तालिम तथा कार्यक्रमहरू संचालन गर्दै आएको र स्नातकोत्तर तहमा बीमा विषयको अध्यापन तथा अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वयन एवम् सहकार्य हुँदै आएको जानकारी दिनुभयो । साधारणसभामा आईआईएनका संचालक समितिका सदस्यहरू तथा शेयरधनीहरू जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रकाशित समय १४:१० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु