शून्य प्रतिशत ब्याजमै पाँच वर्षका लागि पाइने भयो अत्याधुनिक इभि
काठमाडौं । अब शून्य प्रतिशत ब्याजमै विद्युतीय इभि उपलब्ध गराउने भएको छ काइयी नेपालले । कम्पनीका अनुसार अत्याधुनिक काइयी एक्स थ्रि प्रो इभिमा विशेष अफर घोषणा गर्दै काइयी एक्स थ्रि प्रो इभि इलेक्ट्रिक इभि शून्य प्रतिशत ब्याजदरमा ५ वर्षको लागि उपलब्ध गर्ने घोषणा गरेको हो ।
कम्पनीले जनाएअनुसार १२० किलोवाट मोटर पावर, ५३.६ किलोआवर ब्याट्री, ३७० किमी रेन्ज दिने क्षमता रहेको छ । यसको २६० एनएम टर्कले रमाइलो ड्राइभिङ अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । चर्को ब्याजदरले हैरान भइरहेका ग्राहकहरुले अब शून्य प्रतिशत ब्याजदरमै पाँच वर्षका लागि अत्याधुनिक विद्युतीय इभि पाउने भएपछि धेरैको ध्यान यसले तानेको छ ।
प्रकाशित समय ०८:२६ बजे




















