1100×100 Nabil Advert

वरिष्ठ पत्रकार खनालको अध्यक्षतामा गठन भयो अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका

अमेरिका । पेशागत पत्रकारहरूको स्वतन्त्र,साझा र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, America- FIJA )अमेरिकामा स्थापना गरिएको छ ।अमेरिकामा दर्ता भएको सो संस्थाले सर्व सम्मत रूपमा पहिलो कार्यसमिति पनि गठन गरेको जारी प्रेस विज्ञाप्तिमा उल्लेख गरिएको छ । अमेरिकाको प्रचलित नियम कानुन अनुसार स्थापित र गठित संस्था अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, America-FIJA) यो पत्रकारहरू को अन्तर्राष्ट्रिय छाता सङ्गठन हुने र यसले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्ने उद्देश्य लिएको छ । संस्थाको प्रधान कार्यालय भर्जिनिया अमेरिकामा रहने छ भने संसारभर विभिन्न देशहरूमा देश स्तरीय शाखाहरू स्थापना गर्ने तयारी महासङ्घले गरेको पनि उल्लेख गरिएको छ ।

पुराना देखी नयाँ सम्म, अधिकांश वरिष्ठ पत्रकारहरू कार्य समितिमा रहनुभएको छ भने आगामी दिनमा महासङ्घलाई बिस्तार गर्दै लगिने र संस्थामा पेशागत पत्रकारहरू मात्र रहने महासङ्घले स्पष्ट गरेको छ । महासंघका सल्लाहकारहरुमा कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक प्रधान सम्पादक योगेश उपाध्याय, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल, राससका पूर्वअध्यक्ष डा. बाल कृष्ण चापागाईँ, गोरखापत्र संस्थान तथा राससका पूर्व अध्यक्ष पुरु घिमिरे, हिमालय खबरका प्रधान सम्पादक विजय घिमिरेलाई चयन गरिएको छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको नवगठित कार्य समितिको अध्यक्षमा वरिष्ठ पत्रकार, गायक तथा कलाकार रामप्रसाद खनाल, उपाध्यक्षहरुमा अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, योहो टेलिभिजनका प्रमुख जीवराम भण्डारी, एभेन्युज खबर टेलिभिजनका समाचार प्रमुख केदार कोइराला, जनता टेलिभिजनका समाचार प्रमुख टङ्क पन्त र नेपलिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईँ चयन भएका छन् ।

यसैगरी महासङ्घको महासचिवमा माइक्रोसफ्टका सफ्टवेयर इन्जिनियर समेत रहेका चर्चित पत्रकार टङ्क दाहाल चयन भएका छन् भने सचिवमा पत्रकार अनिल र कोषाध्यक्षमा कलाकार समेत रहेका अर्जुन दाहाल छानिएका छन् । बोर्ड अफ डाइरेक्टरमा इनेप्लिज डट कमका प्रधान सम्पादक एबम वरिष्ठ पत्रकार विश्वराज थापा, बुटवल टुडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक नवराज कुँवर, स्वतन्त्र पत्रकार दिनेश कार्की र कृष्णराज खनाल चयन भएका छन् भने पत्रकार अनिल थापा, सुमन दाहाल र सुरेन्द्र सापकोटा पनि बोर्ड अफ डाइरेक्टरमा छानिएका छन् ।

महासंघले जारी गरेको विज्ञप्ति अनुसार सबै महादेशहरूबाट प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घलाई पूर्णता दिइने र केही समयभित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा निर्माण गरिने छ । त्यसका लागि सम्बन्धित देशहरूमा रहेका पत्रकारहरूलाई fijaheadquarters@gmail.com मा सम्पर्क गर्न आग्रह गरिएको छ । त्यसैगरी अन्य देशहरूमा पनि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका देशस्तरीय शाखाहरू स्थापना गरिने छन जहाँ पेशागत पत्रकारहरू रहनेछन् ।

प्रकाशित समय २०:४१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु