स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पे मार्फत अन्तरबैंक भुक्तानी सेवा सञ्चालनमा
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज र बिगत ३ दशकदेखि नेपालीहरूलाई निरन्तर र गुणस्तरीय बैंकिङ्ग सेवा दिदै आएको एभरेष्ट बैंकबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात एभरेष्ट बैंकका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्नेछन् । बिगत दुई दशकदेखि कार्ड, क्यूआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्गलगायत भुक्क्तानीका बिभिन्न सेवा दिंदै आएका स्मार्टच्वाईस टेक्नोलोजिजले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुुरु गरेको हो ।
यस सेवा मार्फत बैंक वित्तीय संस्था लगायत रेमिटान्स कम्पनी, ब्रोकर हाउस, बिमा कम्पनी तथा ठुला कर्पोरेटहरुले आफ्ना सेवाग्राहीका नेपालभरीका जुनसुुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् । यस सेवाको सुरुवात पश्चात एभरेष्ट बैंकमार्फत प्राप्त हुुने भुक्तानी रकम बैंकखातामा ट्रान्सफर अझै छिटो-छरितो र भरपर्दो बन्ने विश्वास रहेको छ ।
प्रकाशित समय २०:४८ बजे





















