1100×100 Nabil Advert

नेपाल टेलिकमले ल्यायो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । व्यावसायिक क्रियाकलापहरु सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धता व्यक्त गर्दै आएको छ । कम्पनीले विगतका आर्थिक वर्षहरु देखि नै सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरु समेत गर्दै आएको छ । समग्रमा हाल कम्पनीले गरेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका मुख्य कार्यहरु छन् ।

 

हरियाली संरक्षण तथा वृक्षरोपणः नेपाल टेलिकमले काठमाडौंको माइतीघर देखि तिनकुने सम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरु रोप्ने, रुखहरु तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरु सञ्चालन गरिएका थिए । विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरण : नेपाल टेलिकमले निरन्तर रुपमा नेपाल भरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ ।

 

साथै देशभरका २० जिल्लाका १-१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । वातावरण सरसफाईः धार्मिक मठ मन्दिर, पुरातात्विक एवं पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरुमा आवश्यकता बमोजिम डस्टवीन वितरण गरिएको छ ।

 

वृद्धाश्रम, बाल आश्रमलगायतका संरक्षणस्थलमा सहयोगः सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरुमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ । अस्पतालमा बेड कम चेयर वितरणः नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताललगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरुले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ ।

 

विद्यालयमा इन्टरनेट सेवा : नेपाल टेलिकमले विद्यालयहरुमा पठनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एफटीटीएच सेवा पुगेका देशभरका विभिन्न १०० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट १ वर्ष सम्मका लागि निःशूल्क उपलब्ध गराएको छ । त्यसैगरी एफटीटीएच सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा १ वर्ष सम्मका लागि नमस्ते वाईफाई डब्लुबीबी राउटर सहितको ४ जी इन्टरनेट प्याकेज निःशूल्क उपलब्ध गराएको छ ।

यसका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका अन्य कार्यक्रमहरु तपसिल बमोजिम रहेका छन् । फरक क्षमता भएका व्यक्तिहरुलाई छुट्टै प्याकेज सहितको निःशूल्क प्रिपेड सिमकार्ड वितरण, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरुको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा निःशूल्क कलर रिङ्गटोनको प्रसारण कार्य, गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारी मूलक सन्देशहरु निःशूल्क बुल्क एसएमएस मार्फत प्रवाह, गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गराइएको, गत असोजको पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाल टेलिकमले सहयोग गरेको र गर्दै आइरहेको छ ।

प्रकाशित समय १५:२३ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु