नेपाल टेलिकमका विरुद्धमा को लाग्दैछन् ?
काठमाडौैं । हाल कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरुमा अनधिकृतरुपमा केही समूह-व्यक्तिहरुबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पुर्याउने काम भएको र सो कार्यबाट नेपाल टेलिकमले प्रवाह गर्दै आएको सेवाहरु अवरुद्ध हुन पुगेकोमा नेपाल टेलिकमले दुःख व्यक्त गरेको छ ।
सर्केगाड गाउँपालिका-५ स्थित बरै माइक्रो वीटीएसमा पौष ४ गते सोलार प्यानल, भिस्याटका उपकरणहरु तथा अर्थिङ केवलमा क्षति पुगेको र विकट भौगोलिक अवस्थितिका कारणले मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएको हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमासमेत मागेको छ ।
सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पुर्याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न-नगराउनुहुन समेत नेपाल टेलिकम सबैमा अनुरोध गरेको छ । नेपाल टेलिकममा विभिन्न ठाउँका टावरहरुमा बेलाबखत यस्ता गतिविधिहरु हुने गरेका छन् । नेपाल टेलिकका विरुद्धमा यस्तो कार्यमा को लाग्दैछन् ? गम्भीररुपमा अनुसन्धान गरेर कारवाही गर्नुपर्ने आवश्यकता छ ।
प्रकाशित समय १७:१९ बजे






















