नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । नेपाल एसबिआई बैंकले श्री गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम रत्ननगर, चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका बागमति प्रदेश कार्यालय प्रमुख श्री प्रविणमुनि बज्राचार्यले श्री गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य सुभास चालिसेलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंक तथा गुरुकुलमका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय–समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेको छ ।

 

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १४:५६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु