1100×100 Nabil Advert

एक अर्ब बराबरको ‘गरिमा समृद्धि योजना’ २०८१ सार्वजनिकरुपमा निष्काशन हुने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजनाको रुपमा एक अर्ब बराबरको ‘गरिमा समृद्धि योजना’ २०८१ साल पौष महिना ७ गतेबाट सार्वजनिक रुपमा निष्काशन हुने भएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम सार्वजनिक रुपमा निष्काशन हुन लागेको गरिमा समृद्धि योजनाको बन्दमुखी योजना हो ।

 

दश करोड इकाइ संख्यामा निष्काशन हुनेछ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको कोष प्रवर्द्धक कम्पनी ‘गरिमा विकास बैंक लिमिटेड’ नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था हो । हाल देशका सातवटै प्रदेशमा गरी कुल १२३ शाखा कार्यालय र ५१ एटीएम मेसिन मार्फत ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । विकास बैंकले शाखा कार्यालयहरुको काम कारवाहीको अनुगमन, निरीक्षण तथा अन्य आवश्यक व्यावसायिक एवं प्रशासनिक कार्यहरु थप व्यवस्थित गर्ने उद्देश्य सहित देशका विभिन्न स्थानहरुमा ९ वटा क्षेत्रीय कार्यालयहरु समेत स्थापना गरेको छ । विकास बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्थाले प्रदान गर्न सक्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु (जस्तैः कर्जा प्रवाह, निक्षेप सङ्कलन आदि) प्रवाह गर्दै आइरहेको छ ।

 

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी समेत रहेको योजना व्यवस्थापक कम्पनी ‘गरिमा क्यापिटल लिमिटेड’ नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा ९डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी० प्रवाह गर्दै आइरहेको छ । गरिमा क्यापिटल लिमिटेडबाट प्रदान गरिने सेवाहरु ग्राहक समक्ष पुर्‍याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ ।

प्रकाशित समय १४:०२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु