1100×100 Nabil Advert

म्याग्देमा तीन करोड लागतमा सभाहल निर्माण

तनहुँ । म्याग्दे गाउँपालिका-३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार सभाहल निर्माणका लागि स्थानीय सरस्वती घिमिरेले आधा रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।

सभाहलको निर्माण गत असारमा पूरा भएको हो । आज त्यसको औपचारिक उद्घाटन हुँदैछ । अब गाउँपालिकाले कार्यक्रम गर्न अन्यत्र पेक्षालयको व्यवस्था गर्नुपर्ने छैन । साथै अन्य सङ्घ-संस्थालाई पनि कार्यक्रम गर्न सहज हुनेछ ।

प्रकाशित समय १५:३१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु