1100×100 Nabil Advert

नाडा र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेडबीच सहकार्यको सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधित्व गर्दै नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीसमेतको उपस्थिति रहेको सन्दर्भमा पूर्व निर्धारित कार्यक्रमअनुसार दुई देशका व्यापारिक प्रतिनिधि मण्डलबीच विभिन्न विषयमा छलफल भएको र सोही क्रममा नाडा र चिनियाँ काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड अटोमोबाइल सब-काउन्सिलबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब-काउन्सिलले अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन् । यो सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दीगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ । व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदान-प्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत् दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ ।

सम्झौता अन्तर्गत नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ । चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब-काउन्सिलले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान-प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ । यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिनेछ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् । यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दीगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय शुरु गर्ने दिशामा ठोस कदम हो ।

प्रकाशित समय २१:१३ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु