सुदूरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रुपमा सलिको आबद्ध
काठमाडौं । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउँदै गरेको सुदूरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कं. लि. (सलिको) का बिचमा सलिको सुदूरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रुपमा रहने गरी सम्झौता भएको छ । सलिकोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौता अन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरुको प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा र १ लाख बराबरको औषोधोपचार बीमाको व्यवस्था गरेको जनाएको छ ।
रोयल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खड्काले सलिकोसँगको आबद्धताले आफूहरु अत्यन्त उत्साहित भएको धारणा व्यक्त गरेका छन् । त्यस्तै सलिकोका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले सुदूरपश्चिम, नेपाली क्रिकेट क्षेत्रमा योगदान दिने प्रतिभावान खेलाडिहरु उत्पादन गर्ने उर्वर भूमिका रुपमा रहँदै आएको कुरा उल्लेख गर्दै, बिशिष्ट प्रकारको संस्कृति, भाषा, रहनसहन र भौगोलिक सौन्दर्यताले भरिपूर्ण यस प्रदेशको गौरवलाई बोकेको टिम सुदुरपश्चिम रोयल्ससँग सहकार्यको हात अगाडी बढाउन पाउँदा सिंगो सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) परिवार र स्वयं आफू पनि अत्यन्तै हर्षित भएको उल्लेख गर्नुभएको छ । साथै सबैभन्दा धेरै समर्थकहरुको रोजाईमा पर्न सफल यस टिमको अभिन्न अंग हुन पाउनु सलिकोका निम्तिसमेत गौरव भएको बताउनुभयो । अन्त्यमा क्षेत्रीले नेपाल प्रिमियर लिगको यस ऐतिहासिक पहिलो संस्करणको उपाधि जित्नका निम्ति सुदूरपश्चिम रोयल्सको टिमलाई हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
प्रकाशित समय २१:०६ बजे





















