1100×100 Nabil Advert

गरिमा विकास बैंकको १८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंकले १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ । देशभर विभिन्न १८ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु आयोजना गरी १८औं वार्षिकोत्सव मनाउने उद्देश्य लिएर देशभर विभिन्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले देशका विभिन्न ७ स्थानहरुमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल ५६२ युनिट रगत संकलन गरेको छ । त्यस्तै जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर र रंगिन प्रिन्टर प्रदान गरेको छ । कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मूल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान गरेको छ । कान्ति बाल अस्पताल काठमाडौं र बेनी अस्पताल म्याग्दीमा वेटिङ्ग कुर्सी प्रदान गरेको छ ।

श्री ज्ञानज्योति आधारभूत विद्यालय गल्याङ स्याङ्जाका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस) वितरण गरेको छ भने जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने ¥याक र श्री रामनदीधाम संस्कृत गुरुकुल राम्दी स्याङ्जामा स्टील दराज प्रदान गरेको छ । मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाउँ (मेची नदीको पारीको गाउँ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा तथा श्री रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक र श्री बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११ गब्दे, स्याङ्जाका विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण गरेको छ ।

त्यसैगरी ‘स्वस्थ जीवनशैली’का लागि खेलकुुद भन्ने नाराका साथ बैंकले भोलि शनिबार गरिमा रोड रेस कम्पिटिसन-२०८१ आयोजना गर्दैछ । किर्तिमानी धावक एवं ओलम्पियन बैकुण्ठ मानन्धरबाट उद्घाटन हुने खुल्लातर्फ महिला र पुरुष १० कि.मि. र कर्पोरेट तर्फ महिला र पुरुष ५ कि.मि. दुरीको गरी कुल ४ वटा रोड रेस प्रतियोगितामा विकास बैंकले प्रत्येक प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरुलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार पुरस्कार प्रदान गर्नेछ । खुल्ला र कर्पोरेट तर्फको रोड रेस प्रतियोगितामा गरी करिब ७ सय जनाको सहभागिता रहनेछ । बैंकले यस्ता किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको बैंकका नायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जनाएका छन् ।

प्रकाशित समय १८:४७ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु