1100×100 Nabil Advert

आइएमई पे एपको नयाँ सुविधा : आइइएलटीएस टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आइइएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । यस सुविधा मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत् आफ्नो आइइएलटीएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन् । प्रयोगकर्ताहरुले आइइएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आइइएलटीएस युकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१-ए२, बी१ को निम्ति भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन् । सीमित अवधिको लागि आइएमई पे एपबाट आइएलटीएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट एक हजार क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ ।

‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘आइइएलटीएस शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पूरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं ।’

प्रकाशित समय १२:५९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु