1100×100 Nabil Advert

नेपाल टेलिकमले ल्यायो मल्टिपल टिभी जडान गर्ने योजना

काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी ‘मल्टिपल टिभी’ जडान गर्ने व्यवस्था गरेको जनाएको छ । यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी टिभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् ।

४ देखि १० वटा टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ९ सय अठ्तीस रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् भने ११ वटा भन्दा बढी टिभी जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स २ हजार ८ सय पच्चीस रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् ।

प्रकाशित समय १७:०८ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु