1100×100 Nabil Advert

साल्ट ट्रेडिङद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले ५० लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पाेरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले १० लाख हस्तान्तरण गर्नुभयो ।

कर्पाेरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गर्नुभएको कर्पाेरेसनले जनाएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिनुभएको कर्पाेरेसनले जनाएको छ ।

प्रकाशित समय २१:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु