1100×100 Nabil Advert

चाडपर्वलक्षित ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा

काठमाडौं । दशैं, तिहार र चाडबाड लक्षित गरी नेपाल राष्ट्र बैंकको उद्देश्य तथा लक्ष्यलाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गरिएको हो ।

यस अन्तर्गत ग्राहकहरुले सामान्य बैंकिङ एप भन्दा महालक्ष्मी स्मार्ट साथीमार्फत् तल उल्लेखित थप सुविधाहरू विकास बैंकमा नै पहिलो पटक विस्तारित सेवाहरु पाउनेछन् । जसमा रियल टाइममा नै आठ लाखसम्म मुद्दती धितोे कर्जाको सुविधा । यस्तो सुविधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैक नेपालमा विकास बैंकमानै पहिलो बैंक बनेको छ । त्यस्तै अनलाइनमार्फत नै केवाईसी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने सुविधा, आफूले चाहेको बचत तथा मुद्दती खाता खोल्न आवेदन दिन सक्ने सुविधा, ग्राहकले स्वयमले आफु कर्जाको लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयम जाँच गर्न सक्ने सुविधा र एप्लिकेसनमार्फत नै कर्जाको आवेदन गर्न सक्ने सुविधा रहेका छन् ।

यस एपको शुरुवातसँगै ग्राामीण तथा अर्धसहरी क्षेत्रमा बैंकिङ्ग सेवाहरुको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्षरुपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । उक्त मोबाइल एप्लिकेशनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालितरूपमा अपडेट हुनेछ । उक्त एप्लिकेशन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरतरुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

प्रकाशित समय १९:२५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु