V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

कतारको दोहामा सञ्चालनमा आयो बालेनको नामबाट रेष्टुरेन्ट

कतार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को नाम जति चर्चित छ, त्यति नै देश-विदेशमा लोकप्रियता बढ्दै गएसँगै कतारको दोहामा उनकै नामबाट रेष्टुरेण्ट सञ्चालनमा आएको छ, ‘द बालेन सिटी ।’

अहिले कतारमा नेपालीहरुले रेष्टुरेन्ट व्यवसायलाई तीव्र दिने क्रम जारी छ । फलस्वरूप यो कार्य दिनानुदिन बढ्दै गएको छ । दोहामा सन् १९९८ मा पहिलो पटक खुलेको चितवन टाइगर टप रेष्टुरेन्ट, नेपाली भान्साघर हुँदै काठमाडौ महानगरपालिकाको प्रमुख बालेनको नामबाट खुलेको रेष्टुरेन्टको कथाव्यथा लामै छ । कतारको मानवअधिकार आयोगका नेपाली प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाले रिबन काटेर भव्य उपस्थितिमा उद्घाटन गर्नु भएको हो । विगतमा खुलेका रेष्टुरेन्ट भन्दा नयाँ खुलेको रेष्टुरेन्टमा भने निकै फरक छ ।

बालेनको चुलिएको लोकप्रियता यतिबेला नेपालमा मात्र नभइ खाडीको कतारसम्म पुगेको देखियो । करिब एक दशकदेखि कतारमा कार्यरत भंगहा नगरपालिका वडा नं-१ सिगयिही महोत्तरी निवासी गुल्जार साफी र उनका सहकर्मीहरुको सहकार्यमा खुलेको रेष्टुरेन्टको नाम बालेन सिटी राखिएको छ । आरम्भमा १३ जना स्टाफबाट शुरु गरिएको रेष्टुरेन्टमा १०० भन्दा बढी परिकारका नेपाली, इण्डियन, अरेबिक, चाइनिज र फिलिपिनो खानाका परिकार उपलब्ध रहेको छ । दोहाको अल साद मेट्रो स्टेसन नजिक बालेन सिटी रेष्टुरेन्ट खुलेको हो ।

पर्याप्त पार्किङ र मेन सडकमा खुलेको सो रेष्टुरेन्टले खानाका पारखीहरुको चाहना पूरा गर्नसक्ने मियाले बताउनु भयो । ७ जनाले खान मिल्ने ५० थरीका खानाको परिकार समेटिएको बहुबली थाली सेट यहाँको मुख्य मेनुको रुपमा केवल ९९ कतारी रियालमा उपलब्ध रहेको सञ्चालक एवं प्रोपाइटर गुलजारले बताए । रेस्टुरेन्टको हलमा ५० जनासम्म सहभागी अट्ने कार्यक्रम हल तथा फेमिली क्याबिन र आरामदायी सोफा तथा टेबुल कुर्सीले सजाइएको छ । आफूलाई एक पटक सेवा गर्न दिन प्रोप्राइटर साफीले आह्वान गर्नुभयो ।

प्रकाशित समय ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010