1100×100 Nabil Advert

महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच अन्तरदेशीय क्यूआर पेमेन्ट प्रवर्द्धनका लागि सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रालिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्यूआर पेमेन्ट सुविधाको प्रवर्द्धन गर्न सहकार्य भएको छ । उक्त सहकार्यको विधिवत रुपमा शुरुवात गरिएको हो । यस अन्तर्गत फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिम पे, युपिआई, फोनपे, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी मनकामना दर्शन गर्न लाग्ने शुल्कको भुक्तानी गर्न सक्नेछन् ।

मनकामना मन्दिर दर्शन भारतीय धार्मिक पर्यटकहरुको पहिलो रोजाइको रुपमा रहेकोले डिजिटल भुक्तानीमा समेत उल्लेख्य रुपमा वृद्धि हुने विश्वास लिइएको छ । यस्ता कार्यबाट नेपाल र भारत बीच रहेको आर्थिक, सामाजिक तथा पारस्परिक सम्बन्धलाई थप नयाँ उचाईमा पुर्‍याउन, नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्‍याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्यूआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

प्रकाशित समय १३:३९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु