1100×100 Nabil Advert

ऊर्जा मन्त्रालयको बरिष्ठ ऊर्जा विज्ञमा अधिकारी नियुक्त

काठमाडौं । नेपाल सरकार मन्त्री परिषदकोे निर्णयले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको बरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारीलाई नियुक्त गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका-९ घर हुनुभएका र इलेक्टिकल इन्जिनियरिङमा स्नाकोत्तर (डिग्री) हासिल गर्नुभएका नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक अधिकारी नेपालको ऊर्जा क्षेत्रको नीतिगत र कार्यान्वयन तहका साथै आन्तरिक र वाह्य विद्युत बजार, ऊर्जा सुरक्षा र साइबर सुरक्षा तथा भूराजनीति र ऊर्जा कुटनीतिका ज्ञाता हुनुहुन्छ र लामो समय नेपाल विद्युत प्राधिकरणमा विद्युत व्यापार विभागको नेतृत्व सम्हालेर विद्युत उत्पादनमा सहभागी निजी क्षेत्रलाई नजिकबाट नियाल्नु भएका र निजी क्षेत्रप्रति सधै सकारात्मक धारणा राख्नुहुने अधिकारीकोे नियुक्तिले निजी क्षेत्र उत्साहित भएको छ । नीतिगत, कार्यगत लगायतका ऊर्जा क्षेत्रका समग्र विषयवस्तुका विज्ञ व्यक्तित्वलाई बरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल सरकारको मन्त्री परिषद तथा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री माननीय दीपक खड्काप्रति इप्पानले हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छ ।

नेपालमा निजी क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु भएका अधिकारीको ऊर्जा मन्त्रालयमा भएको नियुक्तिपछि विदुत क्षेत्रमा निजी क्षेत्रको प्रवद्धन हुनुका साथै सहजीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास इप्पानले गरेको छ । विद्युत उत्पादनमार्फत ऊर्जा विकासमा महत्वपूर्ण योगदान पर्‍याउँदै आएको निजी क्षेत्रको प्रवद्धनमा विद्युत उत्पादनतर्फ मात्र नभई प्रसारण तथा विद्युत व्यापारमा समेत निजी क्षेत्रको उल्लेख्य सहभागिता र भूमिका सुनिश्चित गराउन आवश्यक नीतिगत प्रबन्धका लागि उहाँको विज्ञता र अनुभवबाट नेपाल सरकारले ऊर्जा क्षेत्रमा परिणाममुखी हुने विश्वास व्यक्त गर्नुका साथै नेपाल सरकारको यस कदमको सराहना गर्दै सरकारको तर्फबाट गर्नुपर्ने पहलकदमीहरुका लागि समग्र ऊर्जा मन्त्रालयसँग सहकार्य र समन्वय गरी सँगसँगै हिड्न इप्पान तयार रहेको प्रतिवद्धता गर्दछ ।

प्रकाशित समय ११:५६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु