1100×100 Nabil Advert

एनआईसी एसिया बैंकले गर्‍यो यती एयरलाइन्ससँग सहकार्य

काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एन आइ सी एशिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । भिजा को-ब्राण्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा एनआइसी एसिया बैंकका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्नुहुनेछ भने यस कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुटसहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्सबीच समझदारी भएको छ ।

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई-कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहक महानुभावहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्नुहुनेछ । यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्नुहुनेछ । यो कार्ड लिनका लागि ग्राहक महानुभावहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नुहुनेछ ।

यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहकहरूलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्यधिक फाइदाहरू उपभोग गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले उल्लेख गरेका छन् ।

प्रकाशित समय २०:३५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु