1100×100 Nabil Advert

सिप्रदिले ल्यायो टाटाको पन्च इभी नेपाली बजारमा

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘१६ औं टाटा इभी नाडा अटो सो २०२४’ मा पन्च इभीको विक्री वितरण आरम्भ गरेको हो । टाटा पन्च इभी शुरुवाति मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो ।

बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भूभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्नेछ । पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ ।

टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनको अनुसार ‘नेपाली बजारमा टियागो इभी र नेक्सन इभीको सफलतापछि पन्च इभी सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौ । भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिकरूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । र हामी पन्च इभीले धेरै भन्दा धेरै नेपाली ग्राहकहरुको पनि मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।’

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार ‘टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च इभी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी हर्षित अनि उत्साहित छौं । लामो समयदेखि नेपाली विद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले पन्च इभी संगै नेपाली बजारमा फेरी यहि स्थान कायम गर्नेमा हामी विस्वस्त छौं । अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी-पन्च इभीले हाम्रो ग्राहकहरुलाई वातावारणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति पाउनु हुनेछ ।’

नेपालभरी टाटा इभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ्ग स्टेशन, १५० भन्दा बढी एसी फास्ट चार्जिङ्ग, १५० भन्दा बढी एसी स्लो चार्जिङ्ग नेटवर्क छ । यसैगरी १६ इभि डेडिकेटेड सेवा सञ्जाल र २२ बटा बिक्री केन्द्र रहेका छन् ।

प्रकाशित समय २१:५२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु