1100×100 Nabil Advert

एनआइसी बैंकले जित्यो ‘बेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड’

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ्ग अवार्डस्अन्तर्गतको ‘बेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड’ जितेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति लिएर बैंकिङ्ग सेवाहरू क्रमिक रूपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको एनआईसी बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङ्गमा थप उत्प्रेरणा मिल्ने बैंकले जनाएको छ ।

इण्डियन चेम्बर अफ कमर्सका दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ्ग अर्वाड्स अन्तर्गत २०२४ अगष्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो । यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरू नेपाल सहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए ।

सहभागी देशका बैंकहरूले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए जसमा नेपालबाट एनआईसी एशिया बैंकले उक्त अवार्ड जितेको हो । यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन चेम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो । ती सबै सूचकमा अब्बल भएपछि बैंकले उक्त अवार्ड जितेको हो ।

प्रकाशित समय १५:०८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु