1100×100 Nabil Advert

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के-ल्याबमा २५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के-ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार बैंकको ग्राहकहरुले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के-ल्याब), नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा २५ प्रतिशत छुट पाउनुहुनेछ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ-संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रकाशित समय १८:१७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु