नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आम्दानी कति बढ्यो ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार आम्दानीमा बृद्धि भएको देखिएको छ । विवरणअनुसार बैंकको नाफा र आम्दानी दुवै बृद्धि भएको हो । बैंकले समीक्षा अवधिसम्ममा ५ अर्ब १९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन भएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.७० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ३ अर्ब ७२ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानीसमेत २२.०२ प्रतिशतले बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २१.६२ प्रतिशतले बढेर ८ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप संकलन १३.८३ प्रतिशतले बढेर ४ खर्ब ३ अर्ब र कर्जा प्रवाह पनि १.५४ प्रतिशतले बढेर ३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवमा ४.५४ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.९५ प्रतिशत पुगेको छ ।
प्रकाशित समय १०:४६ बजे




















