महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर (९.९९ प्रतिशतमा) नै कर्जा प्रदान गर्ने भएको छ ।
महालक्ष्मी घर कर्जाअन्तर्गत आवासीय, व्यापारिक घर-जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप, पुर्ननिर्माण, मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी ५ करोडसम्मको कर्जा प्रदान गर्नेछ । साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्षदेखि १५ वर्षको अवधिसम्मको लागि व्यवसायिक कर्जा प्रदान गर्नेछ । विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्नेछ । ग्राहकले यसअन्तर्गत ३ करोडसम्मको कर्जा लिन सक्नेछन् । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरतरुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । उल्लेखित कर्जाहरुमा आवेदन तल दिइएको क्युआरमार्फत् समेत गर्न सकिने छ । समाचार सम्प्रेषण गर्दा तल दिइएको क्युआर कोड प्रयोग गरिदिनुहुन अनुरोध छ ।
प्रकाशित समय १८:२८ बजे




















