1100×100 Nabil Advert

दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

काठमाडौं । मुलुकको अग्रणी बैंक नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो । स्थापनाको ४०औं वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथनमार्फत ऐक्यबद्धता जनाएको छ ।

वाकाथन शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिंदै जाने प्रतिबद्धता गरे । ‘नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ, हामीहरु दिगो बैंकिङमार्फत् यसको शुरुआत गरिसकेका छौं, आगामी दिनका लागि प्रतिबद्धता जनाउन आज यहाँ उपस्थित भएका छौं’, उनले भने ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए । ‘बैंकले दरिलो भविष्यका लागि दिगोपनाको नीतिअनुसार गतिविधि अगाडि बढाइसकेको छ, आज देशव्यापीरुपमा आयोजना गरिएको यस वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन यस थप सहयोग हुनेमा हामी विश्वस्त छौं’, उनले भने ।

वाकाथनका अवसरमा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक अनन्त पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, नायव प्रमुख कार्यकारी अधिकृतद्वय मनोज ज्ञवाली र भुपेन्द्र पाण्डे, विभिन्न विभागका प्रमुखलगायत काठमाडौं उपत्यकाका विभिन्न शाखामा कार्यरत करिव ११ सय कर्मचारीको उपस्थिति थियो ।शनिबार बिहान ७ः३५ बजे दरबारमार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट शुरु भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालयमा पुगेर टुंगिएको थियो । बैंकका अनुसार नारायणगढ, बिराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ आज बिहान वाकाथन आयोजना गरिएको थियो ।

नबिल बैंक नेपालका अग्रणी बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको शुरुआत गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

प्रकाशित समय १३:३२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु