1100×100 Nabil Advert

स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ । निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार शुरु भएको छ । बुधवारबाट शुरु भएको तालिम तीन दिनसम्म चल्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंबीच भएको सम्झौता वमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा तालिम शुरु भएको हो ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगनदेव भट्टको पनि आतिथ्यका रुपमा उपस्थिति रहेको थियो । तीन दिनसम्म संचालन हुने तालिमको उद्देश्य र नेपाल उद्योग वाणिज्य महासंघको परिचयसहितको भनाई महासंघका सहायक निर्देशक हरि पौडेलले राख्नुभएको थियो । तालिमको प्रमुख प्रशिक्षकको रुपमा आस्था भट्ट रहनु भएको छ ।

प्रमुख अतिथिले उदघाटन सत्रमा स्याहार अर्थतन्त्रमा अब सरकार र निजिक्षेत्र गम्भीर भएर यसको आवश्यक कार्यविधि बनाई प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठूलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलापसँग जोडिएको विषय भएको हुँदा अब स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय बनाउन आवश्यक रहेको र यसलाई सहजिकरण र आवश्यक सहयोग गर्न निजी क्षेत्र तयार रहेको जानकारी गराउनु भएको थियो । उक्त तालिममा सुदूरपश्चिमका उद्योगी, व्यवसायी, सरकारी तथा गैरसरकारी क्षेत्रका गरी जम्मा ३० जनाको सहभागिता रहेको छ ।

प्रकाशित समय १६:५२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु