1100×100 Nabil Advert

अब एनएमबि बैंकले ८.९२ प्रतिशतमै घर कर्जा दिने

काठमाडौं । एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशतमै घरकर्जा उपलब्ध गराउने भएको छ । बैंकले घरकर्जाका लागि ८.९२ प्रतिशतबाट शुरु हुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ ।

एनएमबि होम लोनको साथ ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्छन्, जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार-चढावबाट फाइदा लिन सक्नेछन् । घर किन्नु वा निर्माण गर्नु मानिसहरूका लागि महत्वपूर्ण कोसेढुङ्गा हो र यो सपना साकार पार्न उत्तम सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको एनएमबि बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय २१:५९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु