MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

एभरेष्ट बैंकको मधेश प्रदेशको प्रादेशिक कार्यालय आफ्नै भवनमा

काठमाडौं । एभरेष्ट बैंकले मधेश प्रदेशको प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा आफ्नै भवनबाट सञ्चालन शुरु गरेको छ । एक विशेष कार्यक्रमका बीच वीरगञ्ज महानगरपालिका वडा नं. १०, आदर्शनगरस्थित एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ ।
उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगञ्ज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्पराज उप्रेतीले उक्त नवनिर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहजरुपमा उपभोग गर्न सक्ने बताउनु भयो ।
पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको एभरेष्ट बैंकमा करिब १४ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् भने देशैभरी छरिएर रहेको १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

प्रकाशित समय १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु