हिमालयन बैंकद्वारा प्रहरीलाई पाँच थान क्यामेरा हस्तान्तरण
काठमाडौं । हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी कार्यालय वीरगंज पर्सालाई तीन लाख सात हजार पाँच सय रुपैयाँ बराबरको चेष्ट स्ट्रापसहित पाँच थान गोप्रो हिरो १२ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्साको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई सो सहयोग प्रदान गरेको हो ।
बैंकका तर्फबाट बैंकका प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागरकुमार रेग्मीले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई हस्तान्तरण गर्नु भयो । सो अवसरमा बैंकका तथा जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित समय २१:४४ बजे



















