प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट हुने
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच समझदारी भएको छ । सो समझदारी पत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रालि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले आफ्ना ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्यसहित गरेको यस सम्झौताअन्तर्गत प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् ।
यस सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले कमलादीस्थित वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेश गर्नुपर्ने छ । प्रभु बैंकद्वारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको जानकारी पनि दिएको छ ।
स्काइवाक टावर कूल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा दृश्यावलोकन गरी मनोरञ्जन लिन सकिन्छ । प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैकिङ तथा वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धीरुपमा अगाडि बढिरहेको छ । प्रभु बैंकले विश्वभरबाट रेमिट्यान्स सेवा दिंदै रेमिट्यान्स खातामार्फत उच्च व्याजदरमा आफ्ना ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।
प्रकाशित समय २२:०३ बजे



















