1100×100 Nabil Advert

‘बजेट निष्पक्ष रुपमा निर्माण हुन्छ’ : अर्थमन्त्री पुन

काठमडौं । अर्थमन्त्री वर्षमान पुनले कसैबाट प्रभावित नभई निष्पक्ष भएर भावी पुस्तालाई समेत लाभ पुग्नेगरी बजेट बन्ने र नीति निर्माण गर्ने बताएका छन् । स्वार्थ समूह वा चिनेजानेका व्यक्तिको लाभ र हानीलाई हेरेर कुनैपनि नीतिगत तथा कानूनी सुधार नगर्ने मन्त्री पुनले बताए ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभामा देश बिग्रिएको वा सुध्रिएको जुन स्थितिमा रहेपनि त्यसको जिम्मा सरकारमा रहेका राजनीतिक दलको हुने उल्लेख गर्दै उनले आफू मन्त्री रहँदासम्म जिम्मेवारी पूर्वक भावी पुस्तालाई हरेर नीति बनाउने दाबी गरे ।

‘हामी स्थायी रुपले प्रधानमन्त्री, मन्त्री छैनौं तर जति दिन कुर्सीमा बस्छौं, जिम्मेवारी पूर्वक भावी पुस्तालाई हरेर नीति बनाउनै पर्छ । त्यो जिम्मेवारी हामीमा छ र त्यो पूरा गर्ने प्रतिबद्धता म गर्छु । म कोही उद्योगी साथिहरु, चिनेका र नजिककोलाई हेरेर नीति बनाउदिन । यो मेरो प्रतिबद्धता भाये मबाट कसैलाई लाभ,हामी हुने खालको काम बजेट, नीतिमा र कर नीतिमा हुँदैन्’ पुनले भने ।
गत वर्षको तुलनामा अर्थतन्त्रमा सुधार भएको बताएका मन्त्री पुनले विश्व भू राजनीतिक अवस्था र शक्ति सन्तुलनमा आईरहेको फेरबदलको प्रभाव अर्थतन्त्र र राजनीतिमा परेको भन्दै उनले सो बारे गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘हाम्रो अर्थतन्त्रमा गत वर्ष समस्याहरु थियो, अहिले अलिकति सुधार भएको छ । अहिले हामी सस्तो लोकप्रिय कुरा गर्ने र ताली खाने अवस्थामा छैनौं । विश्व भू-राजनीतिक अवस्था र शक्ति सन्तुलनमा आईरहेको फेरबदलले नेपालको राजनीति, अर्थतन्त्रलगायत धेरै विषयलाई हेरफेर गर्दै छ । यो सन्दर्भमा देशभरि नै निजी क्षेत्रका प्रतिनिधि साथीहरुले बहस गरिराख्दा यो परिदृष्यले हामीलाई के असर पर्छ भनेर गम्भीर समीक्षा गर्नुपर्छ ।’

प्रकाशित समय १२:४८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु