1100×100 Nabil Advert

आइएमई पे सुपर वालेटमा सुपर बेनीफिट

काठमाडौं । सुपर वालेटलाई परिचित गराएको आइएमई पेले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जनभन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ । यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरुले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा गर्दा तुरुन्तै क्यास ब्याक पाउने छन् । यसै गरी, हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोडहरु, केबलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षै भरी ६ हजार रुपैंयाँ सम्मको क्यास ब्याक फाइदा पनि आइएमई पे प्रयोगकर्ताहरूले पाउने छन् ।

आइएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको उपलक्ष्य पारेर शुरुवात गर्न लागिएको थप सुविधा सहितको यस प्रिमियम प्याकेजले आइएमई पेका प्रयोगकर्ताहरू लाई सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताउनु भएको छ । नयाँ-नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधाहरू थप्दै आइएमई पे फिनटेक क्षेत्रमा अब्बल साबित भएको पनि प्रमुख कार्यकारी रेग्मीको भनाइ छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाइल वालेट मार्फत् सेवाग्राही आफैंले अथवा एजेन्टहरुको मार्फत् विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत् आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

 

 

प्रकाशित समय १८:४८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु