1100×100 Nabil Advert

चार लेनको महाकाली पुल निर्माणको अन्तिम चरणमा

कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ । वि.सं. २०७४ मा निर्माण शुरु भएको चार लेनको पक्की पुलसँगै आठ दशमलव छ किलोमिटर छ लेन सडक निर्माणको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार-सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापत आठ करोड ५० लाख रकम हालै कम्पनीलाई प्राप्त भएको जानकारी दिनुभयो ।

इन्जिनियर पाण्डेयले पुलसँगै निर्माण हुने पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागमा पुर्‍याउने प्रक्रियामा रहेको जानकारी दिनुभयो । ‘भेरिएसनका कारण अझै १५ करोड बक्यौता छ’, उहाँले भन्नुभयो, ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौं ।’ उहाँले आठ दशमलव छ किलोमिटर छ लेनको पहुँचमार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताउनुभयो । ‘रकम अभावलगायतका कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ’, इन्जिनियर पाण्डेयले भन्नुभयो । पुलको लागत रु तीन अर्ब ६६ करोड हो ।

पुलको दुवैतर्फ बाँध बाँधेर पर्यटकीयस्थल हुनेगरी पोखरी निर्माण गरिएको छ । पुलको उत्तरतर्फ एक वर्गकिलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन् ।

प्रकाशित समय ०९:२२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु