अन्ततः मेडिकल कलेजमा दुर्गा प्रसाईंको जित
काठमाडौं । करिव चार वर्षदेखि सम्बन्धनका लागि संघर्षरत दुर्गा प्रसाईंको झापा स्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले सर्वोच्च अदालतको फैसलाबाट जित हासिल गर्दै सञ्चालनको अनुमति पाउने फैसला भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू डा.कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आदेशमा ‘यदि अस्पतालले सम्बन्धनको प्रक्रिया पु¥याएको भए सम्बन्धन दिनू’ भनिएको छ ।
सरकारले सम्बन्धनका लागि आशय पत्र दिए पनि चिकित्सा शिक्षा सुधारका लागि डा.गोविन्द केसीले आन्दोलन सुरु गरेपछि सम्बन्धन रोकेको थियो । मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि उक्त कलेजले सञ्चालनका लागि सम्बन्धन पाएको छैन । कलेजका तर्फबाट सञ्चालक दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रकाशित समय १७:५३ बजे






















