MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

आईएमई लिमिटेड र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच रेमिट स्वीचको डिजिटाइजेशन सम्झौता

काठमाडौं । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ । समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्वीचमार्फत् ओपन एपिआइ स्ट्याण्डर्ड फलो गरिने छ । आईएमई लिमिटेडमार्फत प्रदान गरिने एपिआइको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपिआई स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा शुरु गरेको हो । यसमार्फत् एपिआइ इण्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेशन प्रक्रियामा अगाडि बढ्न सक्नेछन् । रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आईएमई परम्परागत रेमिटेन्स सेवालाई अझै सहज तथा परिष्कृत गर्दै लैजान नयाँ-नयाँ प्रविधिलाई पछ्याउँदै आफूलाई फिनटेक क्षेत्रमा पनि अब्बल साबित गरेको छ ।

आईएमई लिमिटेडका सीईओ खिलेन्द्र पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसात गर्दै थप परिष्कृत प्रणालीको प्रयोगले रेमिटेन्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्वपूर्ण हुने विश्वास लिएको बताउनुभएको छ । बैंक तथा वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वान प्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु