1100×100 Nabil Advert

नाडाले बुझायो यातायातमन्त्री महामेठसमक्ष विभिन्न सुझाव

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशनका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग विभिन्न विषयमा छलफल गरेको छ । छलफलमा अध्यक्ष चौधरीले सो मन्त्रालयसँग सम्बन्धित नाडाको २६ बूँदे सुझावहरु पेश गर्दे त्यसको समुचित सम्बोधन र समाधानका लागि आग्रह समेत गर्नु भएको छ ।

नाडाका पदाधिकारीहरुले मन्त्री महासेठसमक्ष विभिन्न सुझावहरु पेश गरेका छन् । ती सुझावहरुमा सडक मर्मत सम्भार दस्तुर, सवारी साधन कर, सवारी साधनहरु सडकमा गुडेपछि मात्र सवारी कर लाग्ने व्यवस्था, अटोमोवाइल कम्पनीहरुको दर्ता प्रक्रिया, इम्बोष्ड नम्बर सवारी साधनहरुमा अनिवार्य लागू गर्ने, दुइपांग्रे सवारी साधनहरुलाई अत्यावश्यकीय सवारी साधनको रुपमा लिनुपर्ने, सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनुपर्ने, नामसारी, करहरुको भुक्तानी अनलाइनमार्फत गर्ने प्रणाली हुनु पर्ने छन् ।

त्यसैगरी जरिवानाको दायरा, सरुवा सहमति, सवारी साधन पैठारीकर्ताहरुको लागि छुट्टै डेस्कको स्थापना, सेवाग्राहीलाई सुविधा, रसिदमा एकरुपता हुनुपर्ने, मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनु पर्ने, लाइसेन्स वितरण सहज हुनुपर्ने, दुईपांगे्र सवारी साधनहरुको वर्गीकरण, सहजीकरणको भूमिका निर्वाह, उच्चस्तरका सवारी साधनहरुको लागि हरियो स्टिकर दिने प्रक्रिया, पार्किङस्थलको अभाव, विशेष आर्थिकक्षेत्र वा औद्योगिक ग्रामको निर्माण, चार्जिङ स्टेशनको निर्माण र विद्युतीय सवारी साधनको व्यवस्था, सवारी चालक तालिमको व्यवस्था, अटोमोवाइल वर्कशपहरुमा रोजगारीको व्यवस्था, अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण, सिमेण्ट मिक्सरको काम गर्ने सवारी साधनको आयातका सम्बन्धमा सुझावहरु समेत पेश गरेको छ । सो छलफलमा सहभागी हुनु भएका नाडाका सचिव विक्रम सिंहानियाले प्रिजेन्टशन मार्फत समेत ती विषयहरुमा यातायातमन्त्री महासेठलाई जानकारी गराउनुभएको थियो ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले सवारी साधनहरुको सिसिको आधारमा इम्बोष्ड नम्बरप्लेट जारी गर्न सकिने बताउनुहुँदै प्रदेश तहका समस्याहरु छन् भने प्रदेश सरकारमा नै सुझावहरु राख्न सकिने बताउनुभयो । मन्त्री महासेठले मोटरसाइकलको वर्गीकरण सिसिको आधारमा गर्न सकिने भन्दै सवारी साधनहरुको लागि पार्किङ सुविधा सम्बन्धित वडा कार्यालयहरुले गर्ने बताउनुभयो । मन्त्री महासेठले सेवाग्राहीलाई सुविधा दिनुपर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरुका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन दिनुभयो । सो मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा विभागका अन्य अधिकारीहरु समेतको उपस्थिति रहेको उक्त छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ समेतको सहभागिता रहेको थियो ।

प्रकाशित समय १६:१६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु