1100×100 Nabil Advert

भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा भाग लिन अर्थमन्त्री महत भारत प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत भारत गएका छन् । उनी मंगलबार (आजै नयाँ दिल्ली गएका हुन् । दिल्लीबाट उनी गुजरात जानेछन् । यही पुस २५ देखि २७ गते (जनवरी १० देखि १२ तारिख) सम्म गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस) मा नेपालको प्रतिनिधित्व गर्दै डा.महत त्यता गएका हुन् ।

डा.महतका प्रेस सल्लाहकार प्रकाश थापाका अनुसार डा.महतले समिटमा आफ्नो विशेष प्रश्तुती दिने र भारतीय उद्योगीहरुसँग भेट गर्ने क्रार्यक्रम छ । उनी शुक्रबार विहान काठमाडौं आइपुग्ने कार्यक्रम छ । १०औं संस्करणको समिटमा विदेशी लगानीकर्ता र उद्योगीलाई गुजरातमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ ।

सन् २००३ देखि प्रत्येक दुई-दुई वर्षमा आयोजना हुँदै आएको समिट यसपटक चार वर्षपछि आयोजना हुन लागेको हो । यसअघि सन् २०२२ को जनवरी १० देखि १२ सम्म समिट आयोजना हुने तय भएकामा कोभिड १९ महामारीका कारण स्थगित भएको थियो । समिटको पूर्वसन्ध्यामा भारतले नेपाललाई साझेदार देश भन्दै स्वागत गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणलगत्तै डा.महतको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित समय १२:१२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु