1100×100 Nabil Advert

लाखौं रकम हिनामिना आरोपमा अस्पतालका तीनजना कर्मचारी पक्राउ

विराटनगर । नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारी पक्राउ परेका छन् । अस्पतालको काउन्टरमा संकलन हुनुपर्ने रकममध्ये करिब २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीनजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । साताअघि रकम हिनामिना भएको पाइएपछि अस्पताल प्रशासनले प्रहरीमा उजुरी दिएको थियो । उजुरीको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा काउन्टरमा क्यासियरका रुपमा कार्यरत विराटनगर-१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर-४ का ३० वर्षीय करणदेव विश्वास र सुनसरीको दुहबी-१२ का २९ वर्षीय राजेशकुमार फौदार छन् । अस्पतालको काउन्टरमा सेवाग्राहीबाट विभिन्न कामका लागि भुक्तानी भएको रकम हिनामिना गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरुले बिरामीबाट काउन्टरमा संकलित रकम हिनामिना गरेको पाइएको छ । त्यसरी संकलित रकममध्ये केही अंश अस्पतालको खातामा जम्मा गर्ने र अरु रकम आफूहरुले हिनामिना गरेको पाइएको जनाइएको छ ।

 

 

प्रकाशित समय १२:५० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु