1100×100 Nabil Advert

दर्जनौं घुम्ती र मोड पार गरेपछि बनेको हो ग्लोबल आईएमई बैंकको दर्बिलो अवस्था

काठमाडौं । हरेक संस्थाको जीवनमा थुप्रै उतारचढावहरु आउँछन् । त्यस्तै दर्जनौं घुम्ती र मोडहरु पार गर्दै १७ औं बसन्तमा प्रवेश गरेको छ आजको ग्लोबल आईमई बैंक । निजी क्षेत्रको एक अब्बल बैंक बन्न त्यति सहज थिएन । तर पनि आँट, धैर्यता र निरन्तरतासँगै दृढ इच्छाशक्ति भएको व्यक्तिको नेतृत्व संस्थाले पायो भने त्यो संस्था एकदमै सबल बन्न सक्छ भन्ने उदाहरण बन्न सफल भएको बैंकको नाम हो ग्लोबल आइएमई बैंक ।

पूँजीको आकार, वित्तीय कारोबार, सेवाग्राही संख्या, सेवा प्रभावकारी र शाखा सञ्जालको हिसाबले वृहत् र अब्बल बैंक बन्न सफल भएको छ । अनेक अनुकूल र प्रतिकूल परिस्थितिहरुको सामना गरेर यहाँसम्म बैंकलाई ल्याइपुर्‍याउन यो बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ठूलो भूमिका खेल्नुभएको छ । त्यतिमात्र होइन, बैंकमा विगतदेखि वर्तमानसम्म कार्यरत उपल्लो तहदेखि तल्लो तहसम्मका सबै कर्मचारीहरुको अथक मेहनत, लगनशीलताले पनि बैंकलाई थप सशक्त हुन मद्दत पुगेको छ ।

सम्पूर्ण नागरिकलाई बैंकिङ्ग पहुँच पुर्‍याउन ग्लोबल आइएमई बैंकले ११ सयभन्दा सेवा केन्द्रहरुबाट बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३ सय ५१ शाखा, ३ सय ७६ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको न्यूँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत समेत बैंकिङ सेवा दिइरहेको छ ।

बैंकको वित्तीय स्थिति
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको व्यवसाय विस्तार, खुद ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कमिसन आम्दानी वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब २० करोड रुपैयाँ गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनामा ७८ करोड रुपैयाँले बढेको छ । गत वर्षको यस अवधिमा बैंकले ३ अर्ब १४ करोड सञ्चालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ अर्ब ९ अर्ब ९२ करोड रुपैयाँ गरेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ ।

३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ ।

प्रकाशित समय २२:३० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु