1100×100 Nabil Advert

नेपाल बैंकको सीईओमा पाण्डेय नियुक्त

काठमाडौं । नेपालकै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले सीईओ पदमा पाण्डेयलाई नियुक्त गरेको हो ।

कृष्णबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा गरी केही दिन अघिमात्रै अवकाश पाएसँगै रिक्त रहेको पदमा पाण्डेय नियुक्त भएका हुन् । पाण्डेय अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपालकै जेठो बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त हुन सफल भएका हुन् ।

‘सर्ट लिष्टिङ’मा पाण्डेयसँगै अन्य प्रतिस्पर्धीहरु अशोक पौडेल, समता पन्त, लक्ष्मण पौडेल र ध्रुवचन्द्र गौतम थिए ।

प्रकाशित समय २१:१५ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु