1100×100 Nabil Advert

नेपालको अर्थतन्त्र सहायता नलिने अवस्थामा पुगेको छैनः खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपालको अर्थतन्त्र सहायता लिन्न भन्न सक्ने अवस्थामा नपुगेको टिप्पणी गरेका छन् । वैदेशिक सहायताको प्रभावकारितासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले अनुदान नलिने भन्ने अवस्थामा पुग्ने हो भने हाम्रो आन्तरिक राजस्व संरचना अलि बलियो बनाउनु पर्ने भन्दै त्यसका लागि अझै समय लाग्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर समेत रहेका खतिवडाले भने, ‘सहायता सामाजिक, आर्थिक, धार्मिक र राजनीतिक प्रयोजनाका लागि पनि छन्, अब त्यसलाई छुट्याउन सक्नुपर्छ । सहायता लिन्न भन्न सक्ने अवस्थामा हामी पुगेका छैनौं । अब १०–१५ वर्ष निरन्तर हामीले ५-७ प्रतिशतको आर्थिक वृद्धि गर्ने हो भने अनुदानचाहिं लिंदैनौ भन्ने अवस्थामा पुगौंला । अनुदान नलिने भन्ने अवस्थामा पुग्ने हो भने आन्तरिक राजस्व संरचना अलि बलियो भएर जानुपर्छ र त्यसका लागि आर्थिक वृद्धि चाहिन्छ ।’

विदेशी सहायतालाई निरपेक्षतामा नभइ सापेक्षतामा हेर्नुपर्ने भन्दै उनले सबै कुरा सधैं नराम्रो पनि नहुने साथै सधैँ राम्रो पनि नहुने उल्लेख गरे । ‘ठूलो योजना, विद्युत योजना, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा हामीले विदेशी सहायता लिएर नै हामी अगाडि बढेका छौ’ पूर्व अर्थमन्त्री खतिवडाले भने, ‘हामीले वित्तीय क्षेत्रमा कुनै सहायता लिएर काम नगरेको भए हाम्रा केही बैंक र वित्तीय संस्थाहरु आज छन् कि छैनन् भन्ने अवस्थामा हुन्थे । त्यसको पनि मूल्यांकन गर्नुपर्ने हुन्छ ।’

कुनै योजना आयो भने त्यसको प्रमुख म हुन्छु, त्यसका लागि एउटा गाडी चाहियो, ४ वटा विदेश भ्रमण राख्नैपर्यो भन्ने प्रवृत्ति रहेकाले यसको नकारात्मक असर पर्ने गरेको उनले सनाए । ‘दातृ निकायलाई राम्रो कार्यक्रम ल्याउनु छ तर प्रोजेक्ट थ्रो गर्न नसकेको भनेपछि उनीहरु पनि सम्झौता गर्छन् र कार्यक्रमलाई काम नलाग्ने बनाइदिन्छन्’ खतिवडाले भने ।

 

प्रकाशित समय १३:२९ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु