1100×100 Nabil Advert

नेपाल बैंकको सीईओ छनौटका लागि टप पाँचमा को को परे ?

काठमाडौं । नेपालकै जेठो बैंक नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट प्रक्रियामा ‘टप’ पाँच जनाको नाम ‘सर्ट लिस्टिङ’ भएको छ । छनौट समितिले अशोककुमार पौडेल, तिलकराज पाण्डे, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्टको नाम छानेको हो । छनौट भएका सबैलाई पौष ४ गते व्यवसायिक कार्ययोजना प्रस्तुतिकरणका लागि उपस्थित हुन भनिएको छ । सर्ट लिस्टिङमा परेका यिनै पाँचमध्ये एकजना नेपाल बैंकको सिइओ नियुक्त हुनेछन् ।

थुप्रै काबिल व्यक्तिहरु ‘सर्ट लिस्टिङ’बाटै बाहिरिनुपरेको छ । नेपाल बैंक सीईओ बन्नका लागि अशोककुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त, राजुनाथ खनाल, बिष्णुदेव यादव, प्रमोदबाबु तिवारी, रमेशप्रसाद जोशी, शंकर केसी, सुरेन्द्र भूषण श्रेष्ठ, प्रताप सुवेदी, तिलकराज पाण्डे, दीर्घबहादुर अर्याल, ध्रुवचन्द्र गौतम, समता पन्त, देवेशप्रसाद लोहनी र कृष्णप्रसाद आचार्यले आवेदन दिएका थिए ।

प्रकाशित समय १०:२० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु